Sunday, October 25

बाबु-छोरा मिलेर चोरी

July 19, 2020 135

विराटनगर : मोरङको उर्लाबारीमा भएको एउटा चोरीको घटनामा बाबुु छोराकै संलग्ना रहेको पाइएको छ । उर्लाबारी नगरपालिका–३ मंगलबारे टोलका अम्बिाकाप्रसाद रिजालको घरमा साउन १ गते बिहान ३ बजेतिर चोरी भएको थियो । प्रहरीका अनुसार रिजालको घरबाट ओप्पो र सामसुुङको मोबाइल सेट, चाँदीको पाउजुु, सुनका गहना, काँसका थाल तथा लत्तापकडा चोरी भएको थियो ।

चोरीमा उर्लाबारी–३ सालबारीका १८ वर्षीय सुनिल उराउ उनका बुवा ५५ वर्षीय मुुगु उराउको संलग्नता देखिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले बताए । उराउको घरबाट चोरी भएका सामान बरामद भएपछि बाबु छोरालाई नै पक्राउ गरेर चोरी

मुद्दा चलाउन म्याद थप गरेर अनुसन्धान अघि बढाइएको जानकारी राईले दिए । घटनामा संलग्न २१ वर्षीय वायाँ चौधरी फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ।
source:Annapurna Post

प्रतिकृया दिनुहोस्