सामाजिक सञ्जालमा कैयौं भिडियो भाइरल हुन्छन् । केही भिडियो त यस्ता हुन्छन् कि मानिसहरु त्यसलाई देखेर त्रसितसमेत हुन्छन् ।हालै एक यस्तै भिडियो युट्युवमा शेयर भएको छ ।
जहाँ एक टाउको काटिएका मानिस सडकमा आरामले घुमिरहेका छन् ।
यस भिडियोलाई अन्य सामाजिक सञ्जालमा पनि शेयर गरिएको छ । सडकमा निकै ट्राफिक भए पनि यी व्यक्ति बिना टाउको आरामले बाटो काटिरहेको देख्न सकिन्छ ।
उनले ज्याकेट लगाएका छन् भने टाउको देखिँदैन । हातमा रातो रंगको झोला समातेका छन् ।
तर, सडकमा हिँडिरहेका व्यक्तिहरुले भने कुनै प्रतिक्रिया जनाएका छैनन् ।
किनकी सबै काममा व्यस्त भएकाले टाउको नभएका मानिसतर्फ कसैको ध्यान गएको देखिँदैन ।