Tuesday, October 20

प्रधानमन्त्री ओली र प्रचण्ड शीतल निवासमा

July 18, 2020 111

काठमाडौं : सचिवालय बैठक सकिए लगत्तै प्रधानमन्त्रीसमेत रहेका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ शीतल निवास पुगेका छन् ।

बालुवाटार स्रोतका अनुसार पार्टीको आन्तरिक विवाद समाधानका लागि सचिवालय बैठकमा भएको छलफल लगत्तै अध्यक्षद्वय राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका हुन्।

राष्ट्रपतिसँग भेट्नुको कारण भने खुलाइएको छैन । सत्तारुढ पार्टीको विवादलाई राष्ट्रपति भण्डारीले नजिकबाट नियालिरहेकी छन् ।

बालुवाटारमा चार घण्टासम्म चलेको सचिवालय बैठकले ठोस निर्णय नगरे पनि सहमतिबाटै पार्टी भित्रको संकट समाधान गर्ने विषयमा व्यापक छलफल भएको छ । जुन विषयको टुंगो स्थायी कमिटीबाट लगाउने गरी शनिबारको सचिवालय बैठक टुंगिएको छ ।
source:Annapurna Post

प्रतिकृया दिनुहोस्