Thursday, December 3

नेकपा सचिवालय बैठक : दुबै पक्ष सहमति खोज्न तयार,अध्यक्षद्वय राष्ट्रपति भेट्न शीतल निवासमा

July 18, 2020 128

काठमाडौं, ३ साउन । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले पार्टी हितलाई अगाडि राखेर दुबै पक्ष सहमत खोज्न तयार हुनुपर्ने निष्कर्ष निकालेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार साँझ सम्पन्न सचिवालय बैठकमा सहमतिबाटै निकास खोजिनु पर्ने निष्कर्ष निकालिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

सचिवालयमा थप छलफल गरेर पार्टी एकता रक्षा र सुदृढ गर्ने, जनादेशअनुसार काम गर्ने गरी पार्टीलाई विवादरहित बनाउन लागि पर्ने निष्कर्ष निकालेको प्रवक्ता श्रेष्ठले बताउनु भयो ।

यसैबीच बैठक सकिए लगत्तै प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न राष्ट्रपति भवन शीतलनिवास पुग्नु भएको छ । उहाँहरु दुबैको शीतल निवास यात्रा किन हो भन्ने केही थाहा दिइएको छैन ।

भोलि आइतबार पुनः सचिवालयको बस्ने र ३ बजेका लागि बोलाइएको स्थायी कमिटी बैठक पनि बस्ने जानकारी पनि प्रवक्ता श्रेष्ठले दिनुभयो ।
source:News24 Nepal

प्रतिकृया दिनुहोस्