Friday, October 30

नेपालले भारतसँग वार्ता गर्ने

July 17, 2020 131

काठमाडौं : नेपालले सीमावर्ती क्षेत्रमा भारतले निर्माण गरेको बाँधका कारण नेपालीभूमि डुबानमा परेको विषयमा भारतीय पक्षसँग वार्ता गर्ने भएको छ। ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन ‘अनन्त’ले शुक्रबार मन्त्रालयका उच्चअधिकारीलाई भेला गरेर उक्त निर्देशन दिएका हुन्।

मन्त्री पुनले सीमा क्षेत्रमा बाढी तथा डुबान समस्या समाधानका लागि ‘बाढी तथा डुबान व्यवस्थापनसम्बन्धी नेपाल–भारत संयुक्त समिति (जेसीआइएफएम) को बैठक तत्काल डाक्नेबारे भारतीय पक्षसँग वार्ता गर्न निर्देशन दिए।

दुवै देशका सह–सचिव रहने उक्त समितिको नेतृत्व नेपालकातर्फबाट सिंचाई विभागका महानिर्देशक मधुकरप्रसाद राजभण्डारीले गर्नेछन्। ‘बाढी र डुबानका कारण तराई क्षेत्रमा समस्या बढेको छ’, मन्त्री पुनले भने, ‘समस्या समाधानका लागि तत्काल भारतीय पक्षसँग सम्पर्क गरेर जेसीआइएफएमको बैठक डाक्नुस्।’मन्त्री पुनले मन्त्रालयको राजनीतिक नेतृत्वको हिसाबले साधान श्रोतको कुनै कमीहुन नदिने स्पष्ट पारे।

नियमित कार्यतालिका अनुसार जेसीआइएफएमको बैठक हरेक वर्ष नोभेम्बर महिनामा बस्ने गरेको सिंचाई मन्त्रालयका सचिव रवीन्द्रथान श्रेष्ठले जानकारी दिए। सचिव श्रेष्ठले भारतीय पक्षसँग अनौपचारिक तहमा भने समस्या समाधानबारे कुराकानी भइरहेको बताए।
source:Annapurna Post

प्रतिकृया दिनुहोस्