Wednesday, December 2

सैनिक प्रवक्ता फेरिए

July 17, 2020 302

काठमाडौं : नेपाली सेनाका प्रवक्ता फेरिएका छन्। शुक्रबार सहायक रथी विज्ञानदेव पाण्डेले प्रवक्ताको जिम्मेवारी सहायक रथी सन्तोष बल्लभ पौडेललाई हस्तान्तरण गरेका हुन्।

२०७५ चैत २९ गते प्रवक्ताको जिम्मेवारी सम्हालेका पाण्डे शुक्रबारबाट जिम्मेवारीबाट बाहिरिएका हुन्। पाण्डेले आफ्नो कार्यकालमा सहयोगी भूमिका निर्वाह गर्ने सम्पूर्ण सञ्चारमाध्यम र पत्रकारप्रति आभार व्यक्त गरेका छन्।
source:Annapurna Post

प्रतिकृया दिनुहोस्