Sunday, September 27

विराटनगर भन्सार कार्यालयद्वारा लक्ष्यको ५७ प्रतिशत भन्सार राजश्व संकलन तारा आचार्य विराटन

July 17, 2020 122

विराटनगर, २ साउन । लकडाउनको समयमा पनि बिलेट, एमएस वायर, सोयाबिन तेल, पेट्रोलियम पदार्थ लगायतका वस्तुहरुको आयात बढेकाले विराटनगर भन्सार कार्यालयले आर्थिक वर्ष ०७६/७७ मा लक्ष्यको ५७ प्रतिशत भन्सार राजस्व संकलन गरेको जानकारी दिएको छ ।

विराटनगर भन्सार कार्यालयलाई गत आर्थिक वर्ष ०७६/७७ का लागि ४९ अरब ६४ करोड ६० लाख रुपैया लक्ष्य तोकिएकोमा २८ अरब ३६ करोड ३४ लाख रुपैया भन्सार राजस्व संकलन गरेको विराटनगर भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत शिव भण्डारीले जानकारी दिनुभयो ।

विराटनगर भन्सार कार्यालयले लकडाउन अघि माघ र फाल्गुनमा लक्ष्यको ७६ प्रतिशत सम्म राजस्व संकलन गर्दै आएकोमा चैत ११ गते लकडाउन घोषणा भएपछि राजस्व ह्वात्तै घटेको थियो ।
विराटनगर भन्सार कार्यालयलाई चालु आर्थिक वर्ष ०७७/७८ का लागि गत आर्थिक वर्ष भन्दा करिब ७ प्रतिशत घटि ४६ अरब १४ करोडको लक्ष्य तोकिएको छ ।
source:News24 Nepal

प्रतिकृया दिनुहोस्