Sunday, September 27

जग्गा खरिदको बैना रकम उठाउन अपहरण गर्ने सात जना पक्राउ

July 17, 2020 119

काठमाडौं। आफ्नो पैसा उठाउनका लागि अपहरणको शैलीमा व्यक्तिलाई बन्धक बनाउने ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । जग्गा बैनाको क्रममा २५ लाख ठगी गरी सम्पर्क विहीन भएपछि आशालाल प्रजापतिसहित सात जनाले जनकपुरका रामबाबु साहलाई कोठाभित्र बन्धक राखेको अवस्थामा प्रहरीले सकुशल उद्धार गरी बन्धक बनाउनेहरुलाई पक्राउ गरेको हो ।

काठमाडौंको टोखाबाट शुक्रबार बिहान अपहरणमा परेको भन्ने उजुरी आएपछि उनलाई लोकन्थलीबाट सकुशल उद्धार गरिएको थियो । महानगरीय अपराध महाशाखाको टोलीले उनलाई उद्धार गरेको महाशखाका प्रमुख एसएसपी दीपक थापाले जानकारी दिए ।

उनका अनुसार साहलाई ५ जनाको समूहले गाडीमा हालेर लगेका थिए । तर रामबाबुले नै लामो समयदेखि जग्गाको बैना लिएर अर्कैलाई जग्गा बेचेका र वैनाको पैसा समेत फिर्ता नदिएकाले उनीहरुले पैसा उठाउनका लागि गाडी हालेर प्रजापतिको घरमा लगेर राखेको प्रहरीले जनाएको छ ।

साहले अपहरणकारी भनिएका व्यक्तिबाट मनहरा फाँटको ८ आना जमिनको वैनावापत २५ लाख बैना लिएका थिए । उनले जग्गा भने अर्के व्यक्तिलाई बेचेको र बैना वापतको रकम फिर्ता नगरेका कारण रकम उठाउन प्रयोजनले यस्तो गरेको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको बताए । एसएसपी थापाका अनुसार साहले गत माघ ८ गते बैनावापतको रकम लिएका थिए । मनहराफाटमा रहेको जमिनको मालिक अमेरिकामा भए पनि उनले साहलाई जमिन बेच्ने अधिकार दिएका थिए । आठआना जमिन प्रतिआना ४६ लाख ५० हजारमा साहले बेच्ने भन्दै २५ लाख बैना लिएका थिए ।
source:DCnepal

प्रतिकृया दिनुहोस्