Sunday, September 27

खुशिको खबर, नेपालमा संक्रमित हुनेहरुको संख्या भन्दा निको हुनेको संख्या आकाशियो, आज मात्रै २ सय १३ जनाले कोरोनालाई जितेर घर फर्किदा संक्रमितको संख्या भने घट्दो

July 16, 2020 70

काठमाडौं, साउन १ । नेपालमा बिहिबार थप २ सय १३ जना कोरोना संक्रमण मुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा। जागेश्वर गौतमले थप २ सय १३ जना कोरोना संक्रमण मुक्त भएको जानकारी दिए । योसँगै हालसम्म नेपालमा ११ हजार २ सय ४९ जना डिस्चार्ज भएका छन् । त्यस्तै बिहिबार नै नेपालमा थप १ सय ६७ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

यसैबिच पछिल्लो समय काठमाडौँमा कोरोना संक्रमितको संख्या बढीरहेका बेला समुदायस्तरमा कोरोना संक्रमितहरु छन् की छैनन् भनेर एकैसाथ २ हजार जनामा गरिएको परिक्षणको नतिजा सुखद आएको छ । इपिडियोमोलोजी तथा रोग नियन्त्रक महाशाखाका अनुसार काठमाडौँ उपत्यकामा पछिल्लो पटक थप २ हजार जनाको परीक्षण गर्दा पनि कसैमा संक्रमण देखिएको छैन।

महाशाखाको तथ्यांक अनुसार बिहीबारसम्म उपत्यकामा संक्रमित हुनेको संख्या ३ सय ६५ पुग्दा उनीहरु विदेशबाट आएका, तराईका जिल्लाबाट आएर क्वारेन्टिनमा बसेकाहरुको संख्इा उल्लेख्य रहेको छ । जसमध्ये काठमाडौंका २ सय ४४, ललितपुरका ७६ र भक्तपुरका ४५ जना छन्। यसअघि नै काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा नै २ हजार २ सय जनाको परीक्षण भइसकेको महाशाखाका मेडिकल टेक्नोलोजिस्ट धनप्रसाद पौडेलले बताए ।

उनका अनुसार महाशाखाले परीक्षण गर्न उपत्यकाको तीनै जिल्लाका १२ वटा ठाउँ छनोट गरेको थियो। प्रत्येक ठाउँबाट १ सय ८० वटासम्म स्वाब संकलन गरिएको मध्ये टोखा नगरपालिकास्थित हरियाली बस्तीका तीन जना व्यक्तिमा संक्रमण देखिएको थियो। जसमा एकजना कैलालीबाट आएर क्वारेन्टिनमा बसेकी महिला हुन् भने बाँकी दुईजना स्थानीय हुन्। त्यस्तै महाशाखाले थप २ हजार जनाको छिट्टै नै परिक्षण गर्ने तयारी गरेको छ ।
source:OSnepal

प्रतिकृया दिनुहोस्