Tuesday, September 29

चीनमा ६ महिनापछि सिनेमा घरहरु खुल्दै

July 16, 2020 141

एजेन्सी, १ साउन । कोरोना भाइरस संक्रमण चीनबाट उत्पन्न भएको हो । तर अहिले केही हदसम्म संक्रमण नियन्त्रण गरेको केही देशहरू मध्ये चीन पनि एक रहेको छ ।

चीनको अर्थव्यवस्था बिस्तारै सही ट्रयाकमा फर्कदै गर्दा सार्वजनिक जीवन पनि सामान्य स्थितिमा गइरहेको छ। चीनको सरकारी समाचार एजेन्सीका अनुसार चीनले आगामी दिनमा सिनेमाघर खोल्ने योजना बनाइरहेको छ । आगामी जुलाई २० देखि सिनेमाघरहरू खोलिनेछ जनाइएको छ ।

जनवरी देखि देश भरमा सबै थिएटरहरू बन्द छन् । यद्यपि, अहिले करिब ६ महिनापछि थिएटरहरू खोल्ने योजना छ । त्यहाँ त्यस्ता स्थानहरूमा मात्र अनुमति दिइनेछ जहाँ संक्रमणको जोखिम कम रहेका छ ।
source:News24 Nepal

प्रतिकृया दिनुहोस्