Monday, September 28

चीनमा ६ महिनापछि सिनेमाघर खुल्दै

July 16, 2020 44

१ साउन, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को उद्गमस्थल चीनमा जुलाई २० देखि सिनेमाघर पनि खुल्ने भएका छन् । ग्लोबल टाइम्सका अनुसार जुलाई २० देखि चीनमा सिनेमाघरहरु खुल्नेछन् ।

गत जनवरीदेखि चीनका सिनेमाघरहरु बन्द छन् । करिब ६ महिनापछि अहिले सिनेमाघर खोल्ने योजना बनेको छ । योजनाअनुसार सावधानी अपनाउँदै संक्रमणको जोखिम निकै कम भएको क्षेत्रमा मात्र सिनेमाघर खोल्ने अनुमति दिइनेछ ।

चीनबाट सुरु भएको कोरोना भाइरसको महामारी अहिले विश्वभर फैलिएको छ । तर, चीनले भने कोरोना भाइरसलाई निकै हदसम्म नियन्त्रणमा लिएको छ । विस्तारै चीनको अर्थतन्त्रमा सुधार आउन थालेको छ भने जनजीवन सामान्य दिशामा अघि बढिरहेको छ ।

स्रोत : बीबीसी

प्रतिकृया दिनुहोस्