Monday, November 30

सूर्या नेपाल प्रालिद्वारा प्रदेश राहत कोषमा एक करोड सहयोग

July 16, 2020 264

जनकपुरधाम, १ साउन । कोरोना महामारी नियन्त्रण, रोकथाम तथा उपचारको लागि प्रदेश सरकारले स्थापना गरेको राहत कोषमा सूर्य नेपाल प्रा.लि.ले एक करोड रुपैया सहयोग गरेको छ ।

सूर्या नेपालका प्रतिनिधिहरुले आज मुख्यमन्त्री लालबाबु राउतलाई चेक हस्तान्तरण गरेका हुन् । प्रदेश सरकारले स्थापना गरेको राहत कोषमा विभिन्न बैंक, वित्तीय संस्था, विभिन्न व्यापारिक घरानाहरुले जम्मा गराएका हुन ।

उक्त रकमबाट प्रदेश सरकारले कोरोनाको रोकथाम तथा उपचारमा खर्च गर्दै आएको छ ।
source:News24 Nepal

प्रतिकृया दिनुहोस्