Sunday, September 27

देशका बिभिन्न क्वारेन्टिन र आइसोलेशनमा रहेका ब्यक्तिहरुका लागि हिमानी ट्रष्टले गर्यो सहयोग

July 16, 2020 110

काठमाडौं-क्वारेन्टिन र आइसोलेशनमा रहेका ब्यक्तिहरुका लागि हिमानी ट्रष्टले सहयोग गरेको छ । देशका बिभिन्न प्रदेशमा रहेका क्वारेन्टिन र आइसोलेशनमा रहेका ब्यक्तिहरुका लागि ट्रष्टले आज एक कार्यक्रम आयोजना गरी सहयोग सामग्री वितरण गरेको हो ।

राहत सामग्री अन्तर्गत् झुल, पानी फिल्टर गर्ने मसिनलगायत रहेका छन् । राहत सामाग्री अध्यक्ष पूर्व युवराज्ञी हिमानी शाहले क्वारेन्टिन र आइसोलेशन वार्ड तथा केही विद्यालयहरुलाई हस्तान्तरण गरेकी हुन् । हिमानीले संस्थाले आगामी दिनमा पनि आवश्यक सहयोग जारी राख्ने बताएकी छन् ।
source:OSnepal

प्रतिकृया दिनुहोस्