Sunday, October 25

आज लोकप्रिय नायिका ऋचा शर्माको जन्मदिन

July 16, 2020 370

काठमाडौ, साउन १ । आज लोकप्रिय अभिनेत्री ऋचा शर्माको जन्मदिन परेको छ । उनको जन्मदिनमा बिहानै देखि शुभकामना दिनेको ओइरो लागेको छ ।

२०४४ साल साउन १ गते धनगढीमा जन्मेकी ऋचा आजबाट ३३ वर्षमा लागेकी छिन् । नेपाली चलचित्र क्षेत्रकी एक अभिनेत्री तथा मोडल र उद्घोषक समेत रहेकी उनले चलचित्र फस्ट लभ बाट डेब्यु गरेकी हुन् ।त्यसपछि सन् २०११मेरो लभ स्टोरी र हाइवेमा काम गरिन् ।

लुट नामक नेपाली चलचित्रमा अभिनय गरेपछि उक्त चलचित्रले बक्स अफिस उत्कृष्ट व्यापार गरेको थियो जसले गर्दा उनको अभिनय कार्यकालमै एक नयाँ मोड आएको थियो।

‘मेरो लभ स्टोरी’, ‘हाइवे’, ‘लुट’, ‘सुनकेशरी’, ‘भिसा गर्ल’, ‘टलकजंग भर्सेस टुल्के’, ‘बाटो मुनिको फूल २’ लगायतका चलचित्रमा अभिनय गरेकी ऋचा २००७ मा मिस नेपाल प्रतियोगिताको उत्कृष्ट दशभित्र पनि परेकी थिइन् ।
source:OSnepal

प्रतिकृया दिनुहोस्