Friday, September 25

लकडाउन भारतबाट फर्कने क्रममा देश नै प्रबेश गर्न नपाइ जटही नाकामा ज्यान गुमाएका वीरेन्द्रको परिवारलाई ५ लाख सहयोग

July 16, 2020 108

जनकपुरधाम-नाकामा ज्यान गुमाएका वीरेन्द्र यादवको परिवारलाई प्रदेश-२ सरकारले ५ लाखको चेक हस्तान्तरण गरेको हो । शाहले लकडाउनमा भारतबाट फर्केर मुलुकमा प्रवेश गर्न नपाई जटही नाकामा ज्यान गुमाएका थिए । प्रदेश-२ का मुख्यमन्त्री लालबाबु राउतले । शहिदनगर नपा- ९, गोठ कोयलपुरस्थित यादवको घरमै पुगेर मृतककी श्रीमती सविता यादवलाई उक्त चेक हस्तान्तरण गरेका थिए ।

उक्त अवसरमा मुख्यमन्त्री राउतले पीडित परिवारप्रति समवेदना व्यक्त गर्नुहुँदै प्रदेश सरकारले क्षमताअनुसारको सहयोग उपलब्ध गराएको बताए । सो अवसरमा प्रदेश सभा सदस्य राम आशीष यादव, मुख्य न्यायाधिवक्ता दीपेन्द्र झासहितको उपस्थिति रहेको थियो । मुलुकमा प्रवेश गर्न नपाई जटही नाकामा ज्यान गुमाएका वीरेन्द्र बिच बाटो मृत भेटिएपछि त्यतिबेला उनको मृत्युले चर्को चर्चा पाएको थियो ।
source:OSnepal

प्रतिकृया दिनुहोस्