Saturday, September 26

अमिताभले अस्पतालबाटै फ्यानलाइ भने ‘यो अपार प्रेमले मेरो एक्लोपनको अँध्यारोबाट मलाई पर राखेको छ’

July 16, 2020 130

एजेन्सी- बलिउड अभिनेता अमिताभ बच्चन र अभिषेक बच्चन अझै कम्तिमा सात दिन अस्पताल बस्ने भएका छन्। कोरोना देखिएपछि गत शनिबारदेखि अस्पताल भर्ना भएका यि दुई को अस्पताल बसाइ अझै लम्बिएको भारतिय मिडियाले जनाएका छन् ।

दुवैको स्वास्थ्यमा सुधार आइरहेको भनिए पनि अमिताभलाई श्वासप्रश्वासमा सामान्य समस्या ‍भएको बताइएको छ । नानावती अस्पताल भर्ना भएका यि दुइको फ्यानहरुले स्वाीथ लाभको कामना गरेका छन् ।

त्यस्तै उनीहरूका साथै ऐश्वर्य राय र उनकी छोरी आराध्यालाई पनि कोरोना पुष्टि भएको छ। यद्यपि लक्षण नदेखिएकाले उनीहरूलाई भने घरमै क्वारेन्टाइन बस्न भनिएको बताइएको छ । अमिताभले अस्पतालबाटै आफ्ना शुभचिन्तकहरूलाई धन्यवाद दिएका छन्। उनले भनेका छन्, ुतपाईंहरूको प्रार्थना र शुभकामनाको मूसलधारे वर्षाले स्नेह रूपी बन्धनको बाँध तोडिदिएको छ। यो अपार प्रेमले मेरो एक्लोपनको अँध्यारोबाट मलाई पर राखेको छ। यी कुरालाई म शब्दमा व्याख्या गर्न सक्दिनँ।ु

प्रतिकृया दिनुहोस्