Friday, December 4

उद्धार र राहतमा कुनै कमी हुन्न : गृहमन्त्री थापा

July 16, 2020 123

काठमाडौं : गृहमन्त्री रामबहादुर थापाले बाढी, पहिरो प्रभावितहरुको उद्धार, राहत एवं पुनःस्थापनमा कुनै कमी नगरिने बताएका छन्। जाजरकोट जिल्लाबाट प्रतिनिधित्व गर्नुहुने वन तथा वातावरणमन्त्री शक्ति बस्नेतलगायत जनप्रतिनिधिसँगको भेटमा उनले सो प्रतिबद्धता व्यक्त गरेका हुन्। जाजरकोटमा बाढीपहिरोबाट पीडितको उचित व्यवस्थापनको माग गर्दै उहाँहरुले आज गृहमन्त्री थापालाई ज्ञापनपत्रसमेत बुझाएका थिए।

ज्ञापनपत्र बुझ्दै मन्त्री थापाले बाढी र पहिरो प्रभावितहरुको उद्धार तथा राहत व्यवस्थापनलाई प्रभावकारी बनाउन ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएकोसमेत जानकारी दिए। उनले बाढीपीडितका लागि तत्काल आधारभूत आवश्यकता पूर्ति गरिसकेपछि पुनःस्थापन र पुनःनिर्माणको कामलाई तिव्रता दिने जानकारी गराए। मुलुकभर पछिल्लो एक महिनामा पहिरोबाट मात्रै ९७ जनाको मृत्यु भइसकेको छ। त्रिचालीस जना बेपत्ता छन्। सरकारले बेपत्ताको खोजी तथा राहत र उद्धारको कामलाई तीव्रता दिँदै आएको छ।
source:Annapurna Post

प्रतिकृया दिनुहोस्