Tuesday, October 20

शाही र कार्की एआईजीमा बढुवा सिफारिस

July 16, 2020 114

काठमाडौं : सरकारले दुई प्रहरी नायब महानिरीक्षक (डीआईजी)लाई अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवा सिफारिस गरेको छ।

गृह मन्त्रालयमा बुधबार बसेको बढुवा समितिको बैठकले डीआईजीद्वय नीरजबहादुर शाही र प्रद्युम्नकुमार कार्कीलाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको हो।

समिति संयोजक गृहसचिव महेश्वर न्यौपाने, सदस्यसचिव प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री र लोकसेवा आयोगका सदस्यसहितको बैठक बसेको थियो।

तत्कालीन प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवाली र एआईजी तारणी लम्सालले अनिवार्य अवकाश पाएका थिए। त्यसपछि रिक्त महानिरीक्षक पदमा क्षेत्रीको बढुवा भएको थियो।

दुई एआईजी दरबन्दी खाली थियो। बढुवा सिफारिसमा परेका शाही र कार्की दुवै महानिरीक्षक क्षेत्रीका ब्याचका हुन्।
source:Annapurna Post

प्रतिकृया दिनुहोस्