Monday, September 28

कोरोनाको कहाली एकातिर , फेसनको रहर अर्कोतिर, हिराजडित मास्क पनि बजारमा

July 16, 2020 143

एजेन्सी, ३१ असार । कोरोना भाइरसको संक्रमणले अहिले विश्वलाई आक्रान्त पार्दा मानिसहरुको शोख भने थरी थरीको देखिन थालिएको छ । यस्तैमा कहिले सुनको मास्क बजारमा आएको चर्चा चल्दै गर्दा अहिले अब हिराजडित मास्क पनि चर्चामा आएको छ ।

कोरोना भाइरस महामारीका कारण अहिले विश्वमा मास्कको व्यापार निकै बढेको छ । यो सँगै मानिसहरुले विभिन्न डिजाइनर मास्क समेत बनाउन थालेका छन् । मास्क अनिवार्य बन्दै गर्दा यसले फेसनको रुप लिन थालेको छ ।

यसैबीच, भारतको सुरतस्थित एक गहना पसलले हिराजडित मास्क बनाएर बेच्न सुरु गरेको छ । यसअघि सुनजडित मास्क बेचिसकेको यो गहना पसलले तयार पारेका हिरायुक्त मास्कको मूल्य डेढ लाख भारुदेखि ४ लाख भारुसम्म पर्दछ ।

व्यापारी दीपक चोक्सीका अनुसार सरकारी निर्देशिका अनुसार नै मास्कहरु कपडाबाटै बनाइएको छ । कपडाको बीच बीचमा सुन र हिरा जडान गरिएको छ ।

एकजना ग्राहकले घरबाटै गरिने बिहेका क्रममा बेहुला र बेहुलीका लागि विशेष खालको मास्क बनाइदिन आग्रह गरेपछि आफुलाई सुन तथा हिरायुक्त मास्क बनाउने आइडिया आएको उनी बताउँछन् ।

बेहुला र बेहुलीका लागि बनाएको मास्क खुबै मन पराइएपछि उनले सुन तथा हिराजडित थप मास्क उत्पादन गरेका छन् ।
source:News24 Nepal

प्रतिकृया दिनुहोस्