Tuesday, September 29

गृह मन्त्रालयमा बसेको बढुवा समितिको बैठकले डीआईजी निरजबहादुर शाही र प्रद्युम्न कुमार कार्कीलाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको हो

July 16, 2020 115

हाल शाही नेपाल प्रहरीको केन्द्रीय प्रवक्ता थिए भने कार्की विशेष ब्युरोका प्रमुख थिए । शाही र कार्कीसँगै डीआईजी विश्वराज पोखरेल पनि एआईजी बन्ने प्रतिष्पर्धामा थिए । तर, गृहले वरिष्ठताका आधारमा शाही र कार्कीलाई बढुवा गर्न सिफारिस गरेको हो ।

बढुवा सूचीमा परेका दुवै जना प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीका ब्याची हुन् । दुवै जना नेपाल प्रहरीका व्यवसायिक अधिकृत मानिन्छन् ।

प्रहरी महानिरीक्षक ठाकुर ज्ञवालीसँगै ३० वर्षे सेवा हदका एआईजी तारिणीप्रसाद लम्सालले अवकाश पाएका थिए । त्यसपछि प्रहरीमा दुई एआईजीको दरबन्दी खाली भएको थियो ।

एआईजी बढुवासँगै अब एसएसपीबाट डीआईजी बढुवाको प्रक्रिया थालिने प्रहरी प्रधान कार्यालय, नक्सालले जनाएको छ ।

प्रतिकृया दिनुहोस्