Monday, September 28

प्रधानमन्त्री ओलीको अभिव्यक्तिलाई लिएर भगवान रामको ससुराली जनकपुर सकसमा

July 15, 2020 110

जनकपुरधाम, ३१ असार । प्रधानमन्त्री केपी शर्मा ओलीको पछिलो अभिव्यक्तिलाई लिएर जनकपुर तातिन थालेको छ । बुधबार बिहान प्रधानमन्त्री ओलीले अभिव्यक्ति फिर्ता लिनु पर्ने माग गर्दै हिन्दू परिषदले र्याली निकालेको केहि घण्टा न बित्तदै विश्व हिन्दू परिषदले बैठक डाकेर जनकपुरमा वृहत् प्रदर्शन गर्ने निर्णय गरेको छ ।

यति बेला प्राचीन मिथिलाको राजधानी जनकपुरधाममा प्रधानमन्त्री ओलीको पच्छिलो अभिव्यक्तिलाई लिएर विरोधका स्वरहरु सुनिन थालिएको छ ।

भानु जयन्तीको दिन प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा स्वयं प्रधानमन्त्री केपी शर्मा ओलीले सीताको विवाह भएको अयोध्या भारत नभइ नेपालकै भू-भाग पर्साको ठोरीमा भएको भन्ने अभिव्यक्ति दिएपछि यतिबेला रामको ससुराली जनकपुरमा प्रधानमन्त्री ओलीविरुद्ध प्रदर्शनले तीव्रता लिदै आएको छ ।

जनकपुरको जानकी मन्दिर प्रांगणमा विश्व हिन्दू परिषदले बोलाइएको बैठकमा आंउदो शनिवार वृहत् विरोध प्रदर्शन गर्ने निर्णय भएको हो ।

बैठकमा जनकपुरका युवा अगुवा, नागरिक समाज, बुद्धिजीवी र साधु समाजको समेत उपस्थिति थियो । सुन्दर सदनका महन्थ नवल किशोर शरणले प्रधानमन्त्री ओलीले आफ्नो अभिव्यक्ति तत्काल फिर्ता लिनु पर्ने माग गर्नुभयो । शरणले भन्नुभयो, ’यो सम्बन्ध नेपाल र भारतको होइन अबध र मिथिलाको प्राचीन सम्वन्ध हो ।’

प्रधानमन्त्रीले भानुभक्तले रचना गरेको रामायण राम्ररी पढ़नु भएको छैन महंथ शरणले आक्रोश व्यक्त गर्दै भन्नुभयो, ’प्रधानमन्त्रीले भानुभक्त समेतको अपमान गरे ।’

नागरिक समाजको व्यानरमा आउदो शनिवार जनकपुरको रामान्द चोकबाट वृहत प्रदर्शन गर्ने निर्णय भएको जनकपुर उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष जितेंद्र प्रसाद साहले न्यूजÞ २४ लाई जानकारी दिनुभयो ।

बैठकमा जानकी मंदिर महन्थ रामतपेस्वर दास वैष्णवले नेपालकी चेली सीता र भारतका वर रामको विवाह तत्कालीन अवध र मिथिला विचको ऐतिहासिक विवाह वारे विश्वलाई थाहा भएको बताउनु भयो । उहाँले प्रधानमन्त्रीले यस्तो विषयमा बोल्दा ध्यान पुर्याउन आवश्यक छ ।

उहाँले सरयुग नदी र अयोध्या नेपालमा नभई भारतको उत्तर प्रदेशमा रहेको पनि प्रष्ट पार्नुभयो ।
source:News24 Nepal

प्रतिकृया दिनुहोस्