Sunday, October 25

तनहुँ पहिरो : ५ बर्षको छोराको जिद्दीले बचायो सपरिवारलाई, तर घर भने सबै पुरियो

July 15, 2020 275

दमौली, ३१ असार । दमौलीका सन्त बहादुर खड्का टयम्पो चलाएर आफनो चार जना परिवार पालिरहेका थिए । व्यास ४ सिद्ध चोकमा घर बनाई विगत दश वर्ष देखि बस्दै आएका उनी जसो तसो घरपरिवार पाल्दै आएका थिए ।

यसैबीचमा विश्वब्यापी रुपमा कोरोना भाईरस फैलियो । नेपालमा पनि कोरोना संक्रमण देखा पर्ने बित्तिकै चैत ११ गते लकडाउन सुरु भयो । जसोतसो घर धानेका खड्काको रोजीरोटी लकडाउनले खोस्यो ।

लकडाउनमा नत उनले टयाम्पो चलाउन पाए नत केही काम गर्न । लकडाउनले जागिर खोसे पछि उनी परिवारसंग गाउँ जाने निधो गरे । तर खड्काका छोराले गाँउ जान नमाने पछि, उनी बजारमै बस्न बाध्ये भए ।

५ वर्षको छोरा भएकाले एक्लै छोडेर गाँउ जाने सुर कसेनन् उनले । लकडाउनले उता जागिर खोस्यो घरको आय स्रोत केही नभए पछि उनले ज्याला मजदुरी गर्न थाले ।
लकडाउन भए पनि यहाँको स्थानीय तहले विकास निर्माणको कामलाई तीव्रता दिएको थियो । असार २७ गते जब छोराले गाँउ जान जिद्दी गरे तब खड्का परिवारसंगै आईतबार बिहान गाँउ गए ।

गाँउ गएको भोलि पल्ट विहान ७ बजे उनको दमौलीको घर पहिरोले पुरिदिएको खबर पाए । परिवारसँग उनि सोमबार नै दमौली आए । लकडाउनले त जागिर खोसिदिएको पीडा एकातिर हुँदा पहिरोले त झनै पीडा थपेर उनको घरबार नै खोसिलग्यो ।

अहिले उ सँग न त घर छ न त खानपिन गर्नको लागि केही । आइतबार राति देखि परेको अविरल वर्षाको कारणले घर माथि बाट खसेको पहिरोको कारणले उनको घर पुरिदियो हो । खड्काले भने, “त्यो दिन गाँउ नगएको भए परिवारको हालत के हुन्थो, भाग्यले बचायो हामीलाई ।”

पहिरोले घर पुरि दिएपछि सोमबारदेखि मालेबगरको चर्चमा बस्दै आएको खड्काकी श्रीमती रत्नमाया खड्का पहिरोले पुरिदिएको घर हेदै आँखा भरिका आँसु पार्दै अब कहाँ बस्ने भन्दै चिन्ता गरिरहेकी छिन् ।

उनले भनिन्, “वडाले राहत त दिन्छु भनेर आसवासन दिएको छ, तर अहिले सम्म केही पनि पाएको छैन । अहिले चर्चमा बसेका छौ त्यहीका व्यक्तिहरुले खाना र बस्न दिनु भएको छ ।”

नगरपालिकाले भने पूर्ण रुपमा भत्किएको घरलाई ५० हजार क्षतिपूर्ति दिने निर्णय गरेको छ । तत्कालको लागि भने खड्काको परिवारले केही पनि पाएका छैन् । पहिरोको कारणले व्यास ४ मा मात्रै दर्जनौ घर जोखिममा रहेका छन् ।
source:News24 Nepal

प्रतिकृया दिनुहोस्