Sunday, October 25

बजेट खर्च र राजश्व असुलीमा यस वर्ष पनि चुक्यो सरकार, वेरुजु १०.८२ प्रतिशत : महालेखा

July 15, 2020 109

काठमाडौं, ३१ असार । महालेखा परीक्षक महालेखा परीक्षकको कार्यालयले आर्थिक वर्ष २०७५/०७६ मा १ खर्ब ३३ अर्ब रूपैयाँ बेरुजु थपिएको जनाएको छ ।

संघ, प्रदेश, सरकारी कार्यालय, स्थानीय तह, संगठित संस्था, समिति र अन्य संस्थातर्फ लेखापरीक्षणबाट यो रकम बेरुजु निस्केको हो ।

महालेखापरीक्षकको कार्यालय राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएको ५७ औं वार्षिक प्रतिवेदनमा संघीय सरकारी कार्यालय, प्रदेश सरकारी कार्यालय, स्थानीय तह, जिल्ला समन्वय समिति, अन्य समिति र संस्थानतर्फको अद्यावधिक वेरुजु ४ खर्ब १८ अर्ब ३१ करोड ७३ लाख पुगेको छ ।

गत वर्षको तुलनामा वेरुजु १०।८२ प्रतिशतले बढेको हो । कानून अनुसार पु¥याउनुपर्ने रीत नपु¥याई कारोबार गरेको, राख्नुपर्ने लेखा नराखेको तथा अनियमित वा बेमनासिब तरिकाले गरिएको आर्थिक कारोबार वेरुजुमा पर्छ ।

महालेखाले असुल गर्नुपर्ने बेरुजु २४ अर्ब ३२ करोड ८४ लाख रूपैयाँ रहेको जनाएको छ । यसैगरी ६ अर्ब २१ करोड रूपैयाँ नियमित गर्नुपर्ने बेरुजु रहेको महालेखाले जनाएको छ ।
source:News24 Nepal

प्रतिकृया दिनुहोस्