Wednesday, October 21

मेलम्चीमा बेपत्ता इञ्जिनियरको शव भेटियो

July 15, 2020 133

मेलम्ची : मेलम्ची खानेपानी आयोजनाको सुरङ परीक्षणका क्रममा बेपत्ता भएका दुईमध्ये एक जनाको शव भेटिएको छ। परीक्षणका क्रममा सुरुङको १७ नम्बर गेट फुट्दा मंगलबार दिउँसो दुई जना बेपत्ता भएका थिए। तीमध्ये अन्दाजी २५ वर्षीय इञ्जिनियर सतिश गोहितको शव बुधबार अपराह्न ४ बजे मेलम्ची नगरपालिका-११ स्थित पाल्चोकी क्रसर नजिकै भेटिएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक फलबहादुर तामाङले जानकारी दिए।
source:Annapurna Post

प्रतिकृया दिनुहोस्