Wednesday, September 30

बाढीले बगाएका युवकको शव भेटियो

July 15, 2020 118

विराटनगर : प्रेमिकालाई भेट्न जाँदा खोलाले बगाएर बेपत्ता भएका मोरङको रतुवामाई नगरपालिका–७ का २४ वर्षीय अरुण ऋषिदेव बुधबार मृत भेटिएका छन् ।

घटनास्थल भन्दा करिब तीन किलोमिटर तल युवाको शव फेला परेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले बताए । उनलाई रतुवामाई–३ चौकीघाटबाट रतुवा खोलाले बगाएर गत आइतबार बेपत्ता बनाएको थियो ।
झापाको गौरीगञ्जमा रहेकी प्रेमिकालाई भेट्न मामासँगै गएका अरुणलाई खोलाले बेपत्ता बनाएको तीन दिनपछि मृत भेटिएका हुन् ।

डीएसपी राईका अनुसार खोलामा पानीको बहाव घट्दै गएपछि उनको शव भेटिएको हो । उनको शव बालुवाले पुरेको अवस्थामा थियो । खोलाले बगाएर बेपत्ता बनाएपछि प्रहरी र स्थानीय बासिन्दाले निरन्तर अरुणको खोजी गरिरहेका थिए ।

पौडिएर रतुवा तर्न खोज्दा उनलाई खोलाले बगाएको हो । उनका मामा भने पौडिएर खोला तर्न सफल भएका थिए ।
source:Annapurna Post

प्रतिकृया दिनुहोस्