Tuesday, September 29

इन्डोनेसियामा बाढी,१६ को मृत्यु २३ बेपत्ता

July 15, 2020 124

इन्डोनेसियाको दक्षिणी प्रान्त सुलावेसीमा आएको बाढीमा परी १६ व्यक्तिको मृत्यु भएको छ । यस बाढीमा परी अन्य २३ जना बेपत्ता भएका सिन्ह्वा समाचार समितिले जानकारी दिएको छ । बेपत्ता व्यक्तिको उद्धार कार्य जारी रहेको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।

सुलावेसी प्रान्तको मसाम्बा, रोङ्गकोङ र मेल्ए जिल्लाका नदीहरुमा आएको बाढीका कारण त्यहाँका पाँच हजार परिवार प्रभावित भएका छन् ।

आइतबार र सोमबार आएको भीषण वर्षाको कारण ती नदीमा बाढी आएको बताइएको छ । बाढीले कैयौँ भवन, सडक र केही गाउँ नै डुबानमा परेको सो समाचारमा उल्लेख छ । त्यस बाढीको इलाकामा फसेका व्यक्तिहरुको उद्धार कार्य समेत कठिन भएको अधिकारीहरुले जनाएका छन् ।
source:Annapurna Post

प्रतिकृया दिनुहोस्