Saturday, December 5

सूर्य नेपालद्वारा कोरोना कोषमा एक करोड

July 15, 2020 138

बुटवल, ३१ असार- सूर्य नेपाल प्रालिले प्रदेश नं ५ कोभिड–१९ नियन्त्रण तथा उपचार कोषमा रु एक करोड सहयोग गरेको छ । मुख्यमन्त्री शङ्कर पोखरेललाई प्रालिका उपाध्यक्ष रवि केसीले आज उक्त रकमको चेक हस्तान्तरण गर्नुभयो ।

सो अवसरमा मुुख्यमन्त्री पोखरेलले सूर्य नेपाललाई आफ्नो लगानी प्रदेश नं ५ मा पनि ल्याउन आग्रह गर्नुभयो । उपाध्यक्ष केसीले आफूहरुले प्रदान गरेको रकम विशेष गरी अस्पतालका भेन्टिलेटर र सघन उपचार कक्षका लागि प्रयोग गर्न आग्रह गर्नुभयो । (रासस)
source:OSnepal

प्रतिकृया दिनुहोस्