Wednesday, September 30

काँग्रेसबाट निर्वाचित मेयरको घरमा छापा हान्दा भेटियो यस्तो ,प्रहरीले गर्यो सिलबन्दी

May 13, 2020 718

बाराको कलैया उपमहानगरपालिकाका मेयर राजेश यादवको घरमा प्रशासनले छापा मारेको छ।

जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय र संयुक्त टोलीले यादवको घरमा शनिबार दिउँसो छापा मारेको हो।

यादवको घरमा रहेको यादव कोल्ड स्टोरमा छापा मार्दा प्रहरीले ३८० बोरा कुहेको दाल बरामद गरेको छ। लक डाउनका बेला विपन्न र गरिब परिवारलाई राहत दिन राखिएको थियो।

शुक्रबार कलैया उपमहानगरपालिका-२० बसन्तपुर टोलमा राहत वितरण गर्दा कुहिएको दाल देखिएपछि स्थानीयहरूले विरोध गरेका थिए।
प्रशासन र प्रहरीको टोली पुगेर अनुसन्धान गर्दा मेयर यादवले सञ्चालन गर्दै आएको यादव कोल्ड स्टोरबाट दाल खरिद गरिएको खुलेको थियो।

सोही अनुसनन्धानका आधारमा शनिबार छापा मारिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता गौतम मिश्राले जानकारी दिए।

अहिले यादव कोल्ड स्टोरलाई सिलबन्दी गरी अनुसन्धान भइरहेको छ।

यादव गत स्थानीय निर्वाचनमा नेपाली कांग्रेसबाट मेयर निर्वाचित भएका थिए।

प्रतिकृया दिनुहोस्