Wednesday, October 21

साराअली खान र उनको परिवारको रिपोर्ट भने नेगेटिभ आएको छ । #Saraalikhan #Bollywood #Bollywoodactress

July 14, 2020 167

बलिउड नायिका साराअली खानका ड्राइभरलाई कोरोना पोजिटिभ देखिएपछि उनले प्रेस विज्ञप्ती जारी गर्दै आफ्नो र परिवारको अवस्थाबारे जानकारी गराएकी छिन् ।

२४ बर्षकी यी नायिकाका अनुसार ड्राइभरमा कोरोना देखिएपछि उनलाई क्वारेन्टाइनमा राखिएको छ । ड्राइभरमा कोरोना देखिएपछि आफ्नो परिवारले पनि कोरोना परिक्षण गरेको साराले बताएकी छिन् ।

उनले लेखेकी छिन्–‘म र मैले परिवार र घरमा काम गर्ने सबै स्टाफले कोरोना परिक्षण गरेका छौ । हामी कोहीलाई पनि कोरोना संक्रमण देखिएको छैन । तर, हामी सरकारले बनाएको मापदण्ड अनुसार अगाडि बढ्छौ ।’

बलिउडका चर्चित कलाकारहरुमा अहिले कोरोना संक्रमण देखिन थालेको छ । नायक अमिताभ बच्चन, अभिषेक बच्चन, नायिका ऐश्वर्या राय बच्चन, उनकी छोरी आराध्या बच्चन, कलाकार अनुपम खेरको परिवारलाई पनि कोरोना संक्रमण देखिएको छ ।
source:OnlineKhabar

प्रतिकृया दिनुहोस्