Monday, September 28

अमेरिकाको क्यालिफोर्निया राज्यमा फेरि आंशिक लकडाउन

July 14, 2020 102

३० असार, काठमाडौंः कोरोना भाइरसका कारण सबैभन्दा प्रभावित रहेको देश अमेरिकाको क्यालिफोर्निया राज्यमा फेरि लकडाउनका केही प्रतिबन्धहरु लगाइएको छ ।

पछिल्ला दिनहरुमा लगातार कोरोना संक्रमितको संख्यामा बृद्धि भएसँगै क्यालिफोर्निया राज्यमा फेरि लकडाउन लगाइएको हो । त्यहाँको सरकारले व्यवसाय र सार्वजनिक स्थलमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ ।

बिबिसीका अनुसार अमेरिकाको सबैभन्दा धेरै मानिस रहेको क्यालिफोर्निया राज्यमा त्यहाँको सरकारले सोमबार रेष्टुरेन्ट, बार, मनोरञ्जन स्थल, चिडियाखाना र संग्रहालयहरु पनि बन्द गराउने आदेश दिएको छ । त्यस्तै, चर्च, जिम र हेयरड्रेसर लगायतका व्यवसायहरु पनि बन्द गर्ने घोषणा गरिएको छ ।
हालसम्म क्यालिफोर्निया क्षेत्रमा तीन लाख ३० हजारभन्दा धेरै कोरोना संक्रमित भेटिएका छन् भने कुल सात हजारभन्दा धेरैको मृत्यु भईसकेको छ ।
source:OSnepal

प्रतिकृया दिनुहोस्