Friday, September 25

अन्य वर्षभन्दा यस वर्ष मनसुनको विपत धेरै हुने

July 14, 2020 129

३० असार, काठमाडौंः यस वर्ष वर्षाका कारण बाढी तथा पहिरो लगायतका विपतका घटना अध्याधिक हुने सरकारले अनुमान गरेको छ ।

असार पाँच गते बसेको राष्ट्रिय विपत जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको वैठकले अन्य वर्षको तुलनामा यस वर्ष अत्याधिक क्षती हुने जनाएको छ ।

समितिका अनुसार यस वर्ष सम्भावित मनसुनमा हुने विपतका घट्नाहरुको संख्या ३० लाख हुने उल्लेख गरिएको छ । यो संख्यामा बाढी तथा डुबान, कटान र पटानसँग सम्बन्धित १२ लाख ५० हजार, पहिरो २ लाख ५० हजार र पानी जन्य अन्य जोखिमसँग सम्बन्धित १५ लाख छुट्याईएको छ ।
source:OSnepal

प्रतिकृया दिनुहोस्