Thursday, December 3

भारतमा चर्चित कलाकारहरुलाई कोरोना लागेका बेला नायिका सोनम कपुरले कोरोनाबाट बच्न अपनाइन् यस्तो उपाय

July 14, 2020 221

एजेन्सी । भारतमा कोरोना महामारी डरलाग्दोगरी बढीरहेका बेला भारतीय कलाकारहरुले कोरोना संक्रमणबाट बच्नका लागि भन्दै अनेकन उपाय अपनाइरहेका छन् । यसैबिच कोरोना कहरको समयमा भएको लकडाउनको सदुपयोग गर्दै भारतीय चर्चित नायिका सोनम कपुरको परिवारले यतिबेला लकडाउनको भरपूर सदुपयोग गर्दै किताबको साथमा समय बिताइरहेका छन् ।

सोनमले हालै इस्टाग्राममा एक स्टोरी सेयर गर्दै आफ्नो परिवारले नै किताबमा समय बिताइरहेको भन्दै किताबको लिस्ट नै सार्वजनिक गरेकी छिन् । आफ्ना फ्यानहरुका लागि पनि यो समय र किताब पढ्ने बानी एक प्रेरणा होस् भन्दै आँफुले आफ्नो दिन बिताउने तरिका सेयर गरेको उल्लेख गरेकी छिन् ।

सोनमकी सासु तथा उनका पति आनन्द आहुजाकी आमा प्रिया आहूजा लेखिका रोण्डा बार्नेको किताब द सीक्रेट पढीरहेको सोनमले तस्विर सहित इस्टाग्राममा पोष्ट गरेकी छिन् ।
source:OSnepal

प्रतिकृया दिनुहोस्