Tuesday, September 29

मल नपाएपछि स्थानीयद्वारा झोलुंगे पुल बन्द

July 14, 2020 126

कञ्चनपुर, ३० असार । जिल्लाको महाकाली नगरपालिका र भिमदत्त नगरपालिका जोड्ने झोलुंगे पुल बन्द भएको छ ।

भीमदत्त नगरपालिका वडा नं १३ का स्थानीयले महाकालीपारि साबिक दोधारा-चादनीबाट मल ल्याउन नदिएपछि स्थानीयले झोलुंगे पुल बन्द गरेका हुन् ।

नेपालबाट मल नआउने र भारतबाट चोरी छिपी ल्याएको मल पनि प्रहरीले रोक्न थालेपछि झोलुंगे पुल बन्द गरेको स्थानीयको भनाइ छ ।
भारतबाट मल ल्याउँदा प्रहरी प्रशासन मौन बस्ने र अहिले भारतबाट नेपालसम्म पुगेको मल स्थानीयले खेतको लागि ल्याउन खोज्दा रोकेपछि आक्रोशित स्थानीयले पुल बन्द गरेका हुन् ।
source:News24 Nepal

प्रतिकृया दिनुहोस्