Thursday, October 29

अति गरे खति हुन्छ, प्रधानमन्त्री ओलीलाई छाडा छोड्नु खतरनाक हुनेछ : बाबुराम भट्टराई

July 14, 2020 138

काठमाडाैं, ३० असार । समाजवादी जनता पार्टीका नेता तथा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको वचन/कर्मले सीमा नाघेकाे बताउनुभएकाे छ । प्रधानमन्त्री ओलीले भारतले ‘नक्कली अयोध्या’ खडा गरेर सांस्कृतिक तथ्यमाथि अतिक्रमण गरेको बताउनुभएपछि नेता भट्टराईले यस्ताे टिप्पणी गर्नु भएको हाे ।

भानुजयन्तीका अवसरमा सोमबार प्रधानमन्त्रीनिवासमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले भारतले ‘नक्कली अयोध्या’ खडा गरेर सांस्कृतिक तथ्यमाथि अतिक्रमण गरेको बताउनुभएकाे थियाे । उहाँले भगवान् रामको राज्य अयोध्या नेपालको वीरगन्ज पश्चिममा पर्ने भए पनि भारतले विवादित अयोध्या खडा गरेको बताउन भएकाे थियाे ।
डा. भट्टराईले प्रधानमन्त्री ओलीका बचन र कर्मले सीमा नाघेको बताउनु हुँदै अब उहाँलाई छाडा छोड्नु खतरनाक हुने बताउनुभएकाे छ । संसदमा ‘सिंहमेव जयते’र बेसार-पुराणदेखि अयोध्या-पुराणसम्म आउँदा प्रधानमन्त्रीका चिन्तनप्रणाली स्वस्थ नदेखिएको पनि नेता भट्टराईले बताउनु भएकाे छ ।

प्रधानमन्त्रीकाे उक्त अभिव्यक्तिपछि नेता भट्टराईले अब प्रधानमन्त्री ओलीलाई ‘छाडा छोड्नु’ खतरनाक हुने पनि बताउनु भएकाे छ । समाजिक सञ्जाल ट्वीटरमा नेता भट्टराई लेख्नु हुन्छ- ‘अति गरे खति हुन्छ भन्छन् ! प्रधानमन्त्री ओलीका
वचन/कर्मले सीमा नाघ्दैछन् ! संसदमा ‘सिंहमेव जयते’र बेसार-पुराणदेखि अयोध्या-पुराणसम्म आउँदा वहाँको चिन्तनप्रणाली स्वस्थ देखिन्न।संसद स्थगन गरेर अध्यादेश /संकटकालको‘खड्ग’समेत वहाँको हातमा छ ! अब वहाँलाई छाडा छोड्नु खतरनाक हुनेछ ! उपचार खोजौं !’
source:News24 Nepal

प्रतिकृया दिनुहोस्