Wednesday, September 30

प्रधानमन्त्री ओलीले भगवान रामलाई नेपाली भनेपछि भारतले के भन्यो ?

July 14, 2020 178

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार भानु जयन्तिमा आयोजित एक कार्यक्रममा वास्तविक अयोध्या नेपालमा भएको र भगवान राम नेपाली भएको दावी गरे । उनले भगवान राम दक्षिणी नेपालको ठोरीमा जन्मिएको दावी पनि गरे । प्रधानमन्त्री ओलीको यो दावीसँगै भारतमा तरंग आएको छ ।

प्रधानमन्त्रीको अभिव्यक्तिप्रति भारतको सत्ताधारी दल भारतीय जनता पार्टीले आपत्ति जनाएको छ । भाजपाका राष्ट्रिय प्रवक्ता विजय सोनकर शास्त्रीले नेपाल र भारतका प्रतिपक्षी दलहरुसमेत मानिसहरुको विश्वाससँग खेलिरहेको आरोप लगाएका छन् । उनले नेपालका कम्युनिष्ट पार्टीहरू पनि भारतका कम्युनिष्ट पार्टीहरुजस्तै जनताबाट अस्वीकृत हुने बताएको टाइम्स अफ इण्डियाले लेखेको छ ।

‘भगवान राम हाम्रो लागि विश्वासको विषय हो र मानिसहरु कसैलाई यस विषयसँग खेल्न दिने छैनन् चाहे ती व्यक्ति नेपालका प्रधानमन्त्री नै किन नहोउन्’ शास्त्रीले भनेका छन् ।
source:DCnepal

प्रतिकृया दिनुहोस्