Thursday, October 22

सासु हुनु त यस्तो जस्ले ज्वाईलाई खुवाइन् ६७ व्यञ्जनको परिकार

July 13, 2020 136

एजेन्सी, २९ असार । हाम्रो संस्कार अनुसार ज्वाइँलाई ससुरालीमा मिठो–मिठो परिकार खुवाएर सम्मान गरिन्छ । तर जतिधेरै परिकार खुवाएपनि ८४ व्यञ्जन खान पाउने ज्वाइँहरु सायदै कोही होलान् । तर भारतमा एकजना ज्वाइँलाई भने सासुले ६७ व्यञ्जन परिकार बनाएर खुवाएकी छन् ।

भारतको आन्ध्रप्रदेशका एक सासु जसले आफ्नो ज्वाइँका लागि ६७ थरीका परिकार तयार बनाइन् । र, सामाजिक सञ्जालमा ती महिलालाई दुनियाकै असल सासु भन्न थालिएको छ । आन्ध्र प्रदेशमा मनाइने ज्वाइँ षष्टि नामक विशेष पर्वका क्रममा ती महिलाले आफ्नो ज्वाइँलाई ६७ व्यञ्जन खुवाएकी हुन् ।

उनले आफुले बनाएका ६७ परिकारलाई केराका पातमा पस्किएर ज्वाइँलाई टक्रयाइन् । ६७ व्यञ्जनमा पेय, स्टार्टर्स, चाट, मूख्य भोजन तथा मिठाई गरी ५ वर्गका खानेकुराहरु थिए ।
source:News24 Nepal

प्रतिकृया दिनुहोस्