Thursday, December 3

भारतले सीमामा बनाएको सडकरुपी बाँध नै नेपाल डुबानको कारण : गृहमन्त्री थापा

July 13, 2020 211

काठमाडौं, २९ असार । गृहमन्त्री रामबहादुर थापा बादलले भारतले एकतर्फी स्वार्थ र नेपालको हित नचाहेका कारण नेपालको तराई भूमि सँधै डुवानमा परेको बताउनुभएको छ ।

सोमबार प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक तराई डुबानको बारेमा उठेका प्रश्नको जवाफ दिदै भारतले एकतर्फी हित चाहेर नेपाललाई डुवानमा पारेको बताउनुभयो । उहाँले भन्नुभयो – ‘भारतले आफ्नो हित चाह्यो , तर नेपालतर्फलाई ध्यान दिएन । ’
उहाँले भारतले दुई मुलुकको सीमामा सडकरुपी बाँध बनाउँनु नै नेपाल क्षेत्रका डुवानको मुख्य कारण बताउनुभएको हो । गृहमन्त्री थापाले भारतीय प्रधानमन्त्री नेपाल आउँदा सीमा क्षेत्रका बाँध र ती संरचना हटाउन सम्भौता गरेको तर भारतीय पक्षले कार्यान्वायन नगरेको बताउनुभयो ।

उहाँले यो सम्झौता कार्यान्वयन नगर्नुलाई भारतीयको नेपाल प्रति हस्तक्षेप भएको दावीसमेत गर्नुभयो । छलफलका क्रममा राज्य व्यवस्था तथा सुशासन समितिले नेपाल भारत सीमामा भारत सरकारले बनाएको सडक र र बाँध तत्काल हटाउन पहल गर्न सरकारलाई निर्देशन दिएको छ ।
source:News24 Nepal

प्रतिकृया दिनुहोस्