Wednesday, September 23

भंसार छलि ल्याउँदै गरेको भैसी र राँगा नियन्त्रणमा

July 13, 2020 119

पर्सा, २९ असार -पोखरिया नगरपालिका-५ स्थितबाट अवैध रुपमा भंसार छली नेपालतर्फ ल्याउदै गरेका ४ लाख ४० हजार रुपैयाँ बराबरको भैसी तथा राँगा शनिबार प्रहरीले नियन्त्रणमा लिएको छ । विशेष सूचनाको आधारमा २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुर तथा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले उक्त भैसी तथा रांगा नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि वीरगंज भंसार कार्यालय बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

जुवातास खेलिरहेको अवस्थामा ५ जना पक्राउ – काठमाडौं महानगरपालिका-४ धुम्बाराही बस्ने बिष्णु राना मगरको घरमा जुवातास खेलिरहेको अवस्थामा ५ जनालाई नगद ५० हजार ९ सय ७५ रुपैयाँ र ३ बुक तास सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उक्त घरमा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त नगद तथा तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
source:OSnepal

प्रतिकृया दिनुहोस्