Sunday, September 27

कोरोना संक्रमण : संक्रमित बढेसँगै अक्सिजन अभाव झेल्दै भारत

July 12, 2020 150

काठमाडौं । भारतको महाराष्ट्रस्थित सेवाग्राम गाउँको कस्तुरबा अस्पताल नागपुरबाट ५० माइलको दुरीमा छ ।

नाफामूलक यो अस्पतालमा ९३४ बेड छन् । यहाँ प्रत्येक वर्ष लाखौं बिरामीले आफ्नो उपचार गराउँछन् । जब अप्रिलमा भारतमा कोरोना भाइरस (कोभिड–१९) का संक्रमित बढ्न थाले, यो अस्पताललाई तत्काल दुई सय अतिरिक्त बेड उपलब्ध गराउन निर्देशन दिइएको थियो ।

कोभिड–१९ का अधिकांश बिरामीलाई यस्तो बेडको अवश्यकता थियो, जहाँ अक्सिजन लगाउन मिल्ने होस् ।

त्यसको केही सातामा अस्पतालले नयाँ बेड र अक्सिजन सप्लाइका लागि करिब साढे ३० लाख भारु खर्च गर्‍यो । अस्पतालका चिकित्सक अधिक्षक डा. एसपी कलन्त्री भन्छन्, ‘कोरोनाकाे बिरामीलाई जिवित राख्न अक्सिजनको आपूर्ति सबैभन्दा महत्वपूर्ण हुन्छ ।’

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का अनुसार कोभिड–१९ का करिब १५ प्रतिशत बिरामीको फोक्सोले काम नगर्ने समस्या देखिएको छ । उनीहरुलाई श्वासप्रश्वासका लागि अक्सिजनको सहायता चाहिन्छ । केही बिरामीमा श्वासप्रश्वासम्बन्धी समस्या नदेखिए पनि अक्सिजनको कमी हुन्छ । यो अवस्थालाई साइलेन्ट हाइपोक्सिया भनिन्छ ।

साथै कोरोना भाइरसका गम्भीर केही बिरामीलाई भेन्टिलेटरमा राख्नुपर्ने जरुरी हुन्छ ।

केही कम्पनीको साथ

डाक्टर मुजफ्फल लकडावालाले मुम्बईमा एक कन्सर्ट भेन्यूलाई ६ सय बेडको कोभिड सेन्टरमा परिणत गरे । यो केन्द्रमा आफ्नै अक्सिजन ट्यांक छ । उनका अनुसार महामारीपछि अक्सिजनको माग चुलिएको छ ।

डब्ल्यूएचओका अनुसार हरेक साता १० लाख नयाँ कोरोना बिरामी बढ्दै जाँदा विश्वभर प्रतिदिन ६ ला २० हजार क्युबिक अक्सिजन वा ८८ हजार ठूलो अक्सिजनको सिलिण्डरको आवश्यकता पर्छ । करिब ८० प्रतिशत अक्सिजनको बजारमा मुठ्ठीभरका कम्पनीको स्वामित्व छ । साथै केही मुलुकमा अक्सिजनको आपूर्ति पनि हुन सकिरहेको छैन । भारतमा साढे आठ लाख संक्रमित भेटिएका छन् र बढ्ने क्रम जारी छ ।

यससँगै मुलुकमा अक्सिजनको माग पनि बढेको छ । अस्पताल र स्याहार केन्द्रमा प्रतिदिन करिब एक हजार तीनसय टनसम्म अक्सिजन चाहिन्छ । महामारीभन्दा पहिला केवल नौ सय टन चाहिन्थ्यो ।

भारतमा केही कम्पनीहरु मात्र आफ्नो पाँच सय कारखानाबाट हावाबाट अक्सिजन निकाल्ने काम गर्छन् । समग्र उत्पादनको केवल १५ प्रतिशत अक्सिजन मात्र अस्पतालमा प्रयोग हुने गरेको छ ।

बाँकी अक्सिजनको प्रयोग स्टिल र अटोमोबाइल उद्योगमा ब्लास्ट फर्नेस र वेल्डिङको काममा प्रयोग गरिन्छ । अक्सिजन बनाउने यी कम्पनीहरु ट्यांकरमा तरल रुपमा अस्पताललाई उपलब्ध गराइन्छ र यी ट्यांकरलाई सिधै पाइपको सहारामा बेडसँग जोडिन्छ । अक्सिजनको स्टिल र अल्मुनियकको सिलिण्डरको सहारामा आपूर्ति गराइन्छ ।

बोकेर हिँड्न सकिने मेसिनलाई कन्सन्ट्रेटर्स भनिन्छ । यी मेसिनले हावाबाट अक्सिजन छान्न सक्छन् । कोरोना बिरामीको उपचारमा अहिले यो मेसिनको पनि प्रयोग भइरहेको छ ।

आँकडा नहुनु

भारतमा जनवरीमा कोरोनाका पहिलो संक्रमित फेला परेको भए पनि अप्रिलबाट यो भाइरस फैलिन सुरु भएको थियो । तर त्यतिबेला अक्सिजनको सप्लाइको लागि निकै कम आँकडा थियो । त्यतिबेलासम्म भारतम अहिले कति अक्सिजन सप्लाइ भइरहेको छ र समग्रमा कति अक्सिजन बाँकी छ भन्ने विषयमा पनि स्पष्ट तथ्यांक थिएन । अप्रिलमा नै अधिकारीहरुले ग्यास कम्पनीसँग बैठक बसेका थिए । भारतमा अक्सिजनको अवस्थाको विषयमा उक्त बैठकमा छलफल भएको थियो ।

समस्या के हो ?

कहिले धेरै साना कम्पनीलाई सरकारी अस्पतालले भुक्तानी दिएको छैन । जबकी यी अस्पतालहरुमा अत्यधिक मात्रामा अक्सिजन खपत भइरहेको छ । जसको कारण अक्सिजन कम्पनीहरुले आर्थिक समस्याको सामना गरिरहेका छन् । सन् २०१७ मा उत्तर प्रदेशको एक सरकारी अस्पतालमा अक्सिजनको कमीको कारण ३० बालबालिकाको मृत्यु भएको थियो । किनकी उक्त अस्पतालले अक्सिजनको पैसा नबुझाएको कारण अक्सिजनको लाइन काटिएको थियो । यस किसिमको अवस्था अहिले पनि छ ।

भारतले तीन हजारभन्दा धेरै कोभिड–१९ अस्पताल र केयर्स सेन्टरमा एक लाख ३० हजार अक्सिजनसहितको बेड रहेको बताएको छ । साथै ५० हजारभन्दा धेरै भेन्टिलेटरको व्यवस्था गरिने योजना रहेको बताएको छ । तर, अहिलेसम्म यसमध्ये कहाँ कहाँ अक्सिजन ट्यांक र सिलिण्डर बैंक बाँकी छ भन्ने विषयमा स्पष्ट पारिएको छैन । धेरै सरकारी अस्पतालमा पाइपबाट अक्सिजन दिने सुविधा छैन । त्यसैले सिलिण्डरमा निर्भर हुनुपर्ने अवस्था उनीहरुसँग छ ।

महामारीसँगै सानो र निकै टाढा रहेको स्थानमा मानिसहरुको अक्सिजनको कमीको कारण मृत्यु भएको विशेषज्ञहरुको भनाइ छ । बिहारमा २० बेडको एक अस्पताल चलाउने डाक्टर अलुक वर्मा आफूहरुलाई धेरै भेन्टिलेटर आवश्यक नरहेको केवल सुदूर क्षेत्रमा अक्सिजन आपूर्ति गर्नु जरुरी रहेको बताउँछन् ।

अहिलेको हिसाबमा निरन्तर कोरोना भाइरसका संक्रमित बढ्ने हो भने आगामी साता भारतमा अक्सिजनको आपूर्ति गर्ने पर्याप्त बेड उपलब्ध हुनु एक चुनौतीको रुपमा देखिएको छ ।

स्रोत : बीबीसी

प्रतिकृया दिनुहोस्