Tuesday, September 22

अमिताभ बच्चनका बुबा छोराअस्पताल भर्ना, परिवारका अन्य सदस्यको नतिजा आउँन बाँकी

July 12, 2020 270

काठमाडौं । बलिउड अभिनेता अमिताभ बच्चनलाई कोरोना संक्रमण भएपछि परिवारका अन्य सदस्य र स्टाफको पनि कोभिड–१९ परीक्षण गरिएको छ । बच्चनले आफ्नो ट्वीटरमा एक ट्वीट मार्फत आफूलाई कोरोना पोजिटिभ भएको जानकारी दिएका छन् । ७७ वर्षका उनी उपचारका लागि मुम्बईको नानावाती अस्पताल भर्ना भएका छन् ।

उनले लेखेका छन, ‘आज (शनिबार) साँझ मलाई कोरोना पोजेटिभ भएको छ । अस्पताल भर्ना भएको छु । अस्पतालले सम्बन्धित निकायलाई खबर गरिसकेको छ । मेरो परिवारका सदस्य र स्टाफको पनि परीक्षण गरिएको छ । नतिजा आउन बाँकी छ ।’ उनले पछिल्लो १० दिनमा आफू र आफ्नो परिवारको सम्पर्कमा आएकालाई पनि परिक्षण गराउन आग्रह गरेका छन् ।

असार, एजेन्सी । बलिउडका चर्चित नायक अमिताभ बच्चनलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यस्तै अमिताभका छोरा अभिनेता अभिषेक बच्च्नलाई पनि कोरोना संक्रमणको पुष्टि भएको छ । कोरोना संक्रमित भएपछि दुबैजना अस्पताल भर्ना भएका छ । दुबैजनालाई आफूहरुलाई कोरोना लागेको सामाजिक संजालबाट जानकारी दिएका छन् ।

७७ बर्षका बलिउडका यी सफल नायकले आफूलाई विगत १० दिनयता भेट्ने सबैले कोरोना परिक्षण गर्न आग्रह पनि गरेका छन् । कोरोना परिक्षणका क्रममा पोजिटिभ रिपोर्ट आएपछि उनलाई मुम्बइको नानावती अस्पतालमा भर्ना गरिएको छ । उनले सामाजिक संजालमा लेखेका छन्–‘मलाई कोरोना पोजिटिभ देखिएको छ । म अस्पतालमा भर्ना भैसकेको छु । मेरो परिवार र स्टाफको पनि कोरोना परिक्षण भएको छ तर रिपोर्ट आएको छैन । पछिल्लो १० दिनदेखि मेरो सम्पर्कमा आउने सबैलाई म कोरोना परिक्षणका लागि अनुरोध गर्दछु ।’

अभिषकले आफू र पिता अमिताभलाई एउटै लक्षण देखिएपछि अस्पताल भर्ना भएको उल्लेख गरेका छन् । अभिषेकले आफ्नो परिवारका सम्पूर्ण सदस्यको कोरोना परिक्षण र गरिएको बताउँदै नआत्तिन सबैसँग अपिल गरेका छन् ।

प्रतिकृया दिनुहोस्