Tuesday, December 1

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई बने हजूरबुबा, छोरी मानुषीलाई पुत्र लाभ

July 12, 2020 142

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी जसपा नेता डा। बाबुराम भट्टराईको परिवारमा नयाँ सदस्यको आगमन भएको छ ।

बाबुराम र हिसिलाकी एकमात्र छोरी मानुषी यमी भट्टराई आमा बनेसँगै बाबुराम हजुरबुबा र हिसिला हजुरआमा बनेका हुन् । मानुषीलेआइतबारबिहान १० बजेर ५ मिनेटमा छोरालाई जन्म दिएकी हुन् ।

आफु हजुरबुबा बनेको बारे डा। भट्टराईले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै छोरी मानुषी, नाती र पत्निसँगका अस्पतालका तस्विरहरु सेयर गरेका छन् ।

उनले फेसबु्कमा स्टाटस लेख्दै भनेका छन् ुबल्ल हजूरबा भैयो१ छोरी मानुषी र ज्वाइँ जेकेन्द्रलाई आज असार २८ गते विहान १०।०५ बजे पुत्रलाभ भएको छ।

आमा र शिशु दुवैको स्वास्थ्य राम्रो छ१ टिचिंग अपरेसनमा सफल अपरेसनकालागि डा। गीता गुरूंग र सम्पूर्ण टिमलाई हार्दिक धन्यवाद१ु छोरी मानुषीको तनहुँका जेकेन्द्र श्रेष्ठसँग २०७२ सालमा विवाह विवाह भएको थियो ।
source:OSnepal

प्रतिकृया दिनुहोस्