Wednesday, September 30

अभिताब र अभिषेकबाहेक परिवारका अन्य सदस्यामा देखिएन कोरोना

July 12, 2020 118

एजेन्सी, २८ असार । अमिताब बच्चन र उनका छोरा अभिषेकलाई कोरोना भाइरस संक्रमण पुष्टि भएपनि परिवारका अन्य सदस्यामा भने कोरोना नभएको पाइएको छ । बलिउडका चर्चित अभिनेता अभिताब र अभिषेकलाई भने गएराति नै संक्रमण पुष्टि भएको थियो ।

त्यसपिछ गरिएको परीक्षणमा बुहारी ऐश्वर्या राय बच्चन र उनकी सासु आमा जया बच्चनलाइ कोरोना संक्रमण नभएको अस्पतालले पुष्टि गरेको हो । तरपनि उनीहरु अझै १४ दिन क्वारेन्टाइन बस्नुपर्ने बताइएको छ । कोरोना पुष्टि भएएका अमिताभ र अभिषेकलाई भने मुम्बईस्थित नानावती अस्पताल भर्ना गरिएको छ।
source:News24 Nepal

प्रतिकृया दिनुहोस्