Sunday, September 27

बयोधा अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीले अन्य ११ जनालाई कोरोना सारेकाे पुष्टि

July 12, 2020 154

काठमाडौं, २८ असार । बल्खुस्थित बयोधा अस्पतालमा एक स्वास्थ्यकर्मीबाटै काेराेना संक्रमण फैलिएकाे पाइएकाे छ । त्यहाँ कार्यरत एक ल्याब नेक्निसियनले आफ्नै परिवारका नौ जना सदस्य र ललितपुरको महालक्ष्मी नगरपालिका–८ का वडाअध्यक्षका दुईजना छोरा गरी ११ कोरोनामा संक्रमण सारेको पाइएको हो ।

वडाअध्यक्षका दुवै छोरा पनि डाक्टर रहेकाे बताइएकाे छ । उनीहरूमा संक्रमण फेला परेपछि वडाअध्यक्षकाे पूरै परिवार होम क्वारेन्टाइनमा बसेकाे छ ।

वडाध्यक्षकै परिवारमा संक्रमण फेला परेपछि नगरपालिकाले फ्रन्टलाईनमा रहेर काम गर्ने स्वास्थ्यकर्मीसहित करिब २१३ जनाको शनिबार स्वाब संकलन गरेकाे जनाएकाे छ । उनीहरूकाे पिसीआर रिपाेर्ट अाउन बाँकी छ । यससँगै ललितपुरकाे महालक्ष्मी नगरपालिकाका वडा नं ७, ८ र ९ सिल गरिएको छ ।

पछिल्लाे समय उपत्यकामा कोरोना संक्रमतिको संख्या दैनिक रूपमा बढिरहेकाे छ । योसँगै ललितपुर जिल्लामा समुदायमा कोरोना संक्रमण फैलिएको देखिएको हो ।
source:News24 Nepal

प्रतिकृया दिनुहोस्