Tuesday, September 29

अमिताभ बच्चनपछि अब अनुपम खेरको परिवारका ४ सदस्य कोरोना संक्रमित

July 12, 2020 168

मुम्बइ। बलिउड महानायक अमिताभ बच्चन र उनका छोरा अभिषेक कोरोना संक्रमित पुष्टि भएको भोलिपल्टै अर्का दिग्गज बलिउड अभिनेताको परिवारका सदस्यहरु पनि कोरोना संक्रमित भएको पुष्टि भएको छ । अभिनेता अनुपम खेरको परिवारका ४ सदस्य संक्रमित पाइएका छन् । अनुपमकी आमा, भाइसहित परिवारका सदस्य संक्रमित भएका हुन् ।

अनुपमले आइतबार बिहान ट्वीट गर्दै यसको जानकारी दिएका हुन् । अनुपमका अनुसार केही दिन अघिदेखि उनकी आमा दुलारीको स्वास्थ्य बिग्रिएको थियो । परीक्षणका क्रममा उनीमा कोरोना संक्रमण पुष्टि भयो । त्यसपछि अनुपम र उनका भाइ राजुको परीक्षण गरियो । अनुपम नेगेटिभ पाइए तर राजु पोजेटिभ थिए । राजुकी पत्नी र राजुकी छोरी पनि कोरोना संक्रमित पाइएका छन् । भतिजाको रिपोर्ट भने नेगेटिभ आएको छ । अनुपमकी आमालाई कोकिलाबेन अस्पतालमा भर्ना गरिएको छ ।
source:DCnepal

प्रतिकृया दिनुहोस्