Wednesday, December 2

गण्डकीका ७ जिल्लामा मात्रै आज १५ जनामा कोरोना संक्रमण

July 12, 2020 247

पोखरा । आइतबार गण्डकी प्रदेशमा १५ जनामा कोरोना संक्रमणको पुष्टी भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका प्रवक्ता डा इन्दु शर्माका अनुसार गण्डकी प्रदेशका ७ जिल्लाका १५ जनामा संक्रमण पुष्टि भएको हो ।

जसमध्ये स्याङ्जा र गोरखाका १९१ पुरुष, नवलपुरका १ महिला, लमजुङ्, बाग्लुङ र पर्वतका २९२ पुरुष तथा तनहुँका ६ पुरुषमा संक्रमण भएको छ ।

संक्रमितलाई सम्बन्धित जिल्लाको आइसोलेसनमा लैजाने तयारी भैरहेको डा शर्माद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । यस सँगै गण्डकीमा कोरोना संक्रमितको संख्या १ हजार १ सय ९२ पुगेको छ । त्यस्तै आज मात्रै चितवनमा पनि ५ जनामा संक्रमणको पुष्टी भएको छ ।
source:OSnepal

प्रतिकृया दिनुहोस्