Thursday, November 26

अमेरिका-उत्तर कोरिया वार्ता नहुने

July 12, 2020 152

प्योङयाङ : उत्तर कोरियाली नेता किम जोङ अनकी बहिनी किम यो जोङले अमेरिकासँगको वार्ताको कुनै काम नरहेको बताएकी छन्। उनले अमेरिकासँग हुने भनिएको अर्को उच्चस्तरीय वर्ताको कुनै अर्थ नहुने बताइन्। उनको यो भनाइपछि अमेरिका र उत्तर कोरियाबीच तत्काल कुनै वार्ता नहुने देखिएको समाचारमा जनाइएको छ।

दक्षिण कोरियाको योनहाप समाचार समितिले उत्तर कोरियाको सरकारी समाचार समिति, केसीएनएलाई उद्धृत गर्दै जनाएअनुसार किम यो जोङले उत्तर कोरियाले अमेरिकासँग गर्ने भनेको अर्को वार्ताको कुनै काम नरहेको बताएका हुन्। उनले अब अमेरिकासँग अर्को वार्ता अनावश्यक हो र यस्तो प्रयोगविहीन वार्ता गर्न पनि नहुने उनले बताएको समाचारमा उल्लेख छ।

उनले यी दुई देशले वार्तामा बसेर निष्कर्ष निकाल्न पनि नसक्ने भएकाले यस्तो वार्ता अनावश्यक हो भनी बताएको सो समाचारमा उल्लेख छ। अमेरिका आफ्नो अडानमा मात्र टाँसिएर बस्ने भएकाले वार्ताका माध्यमबाट निष्कर्ष निकाल्न नसकिएको उनको भनाइ छ। केही दिनअघि मात्र पनि उत्तर कोरियाको विदेश मन्त्रालयका संयुक्त राज्य अमेरिका विभागका प्रमुख नोन जोङ गनले अमेरिकासँग वार्ता गर्न इच्छुक नरहेको बताएका थिए। उनको सो भनाइको केही दिनपछि मात्र किम यो जोङले शुक्रबार यो धारणा राखेकी हुन्।
source:Annapurna Post

प्रतिकृया दिनुहोस्