Tuesday, December 1

मास्क नलगाई हिँड्दा प्रहरीको फन्दामा, झापामा पक्राउ परे १ हजार ६८ जना

July 12, 2020 134

२८ असार, काठमाडौंः मास्क नलगाई हिडेका कारण १ हजार ६८ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय, झापाले मास्क नलगाइ हिँडेको आरोपमा तीन दिनमा एक हजार ६८ जनालाई कारबाही गरेको छ ।

प्रहरीका अनुसार झापाको सदरमुकाम भद्रपुरसहित दमक, धुलाबारी, अनारमनी, झिलझिले, काँकरभिट्टा लगायतका क्षेत्रमा बिहीबार, शुक्रबार र शनिबार मास्क नलगाइ हिँडेकाहरुलाई पक्राउ गरि कारबाही गरिएको हो ।

विभिन्न ठाउँमा राखिएका चेकपोइन्टमा खटिएका प्रहरी टोलीले ८४६ पुरुष र ३ सय २२ महिलालाई कारबाही गरेको प्रहरी कार्यालयले जनाएको छ ।
source:OSnepal

प्रतिकृया दिनुहोस्