Saturday, December 5

बार्सिलोनाको जितसँगै रियलको अग्रता १ अंकमा झर्यो, मेस्सीको कीर्तिमान

July 12, 2020 170

एजेन्सी, २८ असार । स्पेनिस ला लिगा फुटबलमा उपाधि दाबेदार बार्सिलोनाले सर्घषपूर्ण जित निकालेको छ । गएराति भएको खेलमा रियल भालाडोलिडलाई १-० गोल अन्तरले पराजित गर्दै बार्सिलोनाले सर्घषपूर्ण जित निकालेको हो ।

बार्सिलोनाको जितमा अर्टुरो भिडालले निर्णायक गोल गरे । खेलको १५ औं मिनेटमा भिडालले गरेको गोल बार्सिलोनाको जितमा निर्णायक बन्यो । उनले लियोनल मेस्सीको पासलाई सदुपयोग गर्दै गोल गरेका हुन् ।

भिडालको गोलमा अस्सिट गरेसँगै मेस्सीले एकै सिजन २० गोल र गोलका लागि २० अस्सिट गर्ने पहिलो खेलाडीको कीर्तिमान बनाए । जितसँगै बार्सिलोनाले लिग लिडर रियल मड्रिडसँगको अंक दुरी १ मा झारेको छ ।

जितसँगै बार्सिलोनाले ३६ खेलमा ७९ अंक बनाएको छ । एक खेल कम खेलेको रियल म्याड्रिडको ८० अंक रहेको छ । रियलले सोमबार राति हुने खेलमा ग्रानडाको सामना गर्दैछ । ३९ अंक जोडेको भालाडोलिड १४ औं स्थानमा छ ।
source:News24 Nepal

प्रतिकृया दिनुहोस्