Sunday, September 27

खोलाले बखाएका रामबहादुरको शव भेटियो

July 12, 2020 134

धरान : सुनसरीको धरान उपमहानगरपालिकामा पर्ने सर्दुखोलाले बगाउदा स्थानीय रामबहादुर बस्नेतको मृत्यु भएको छ । शनिबार बेलुका धरान–१३ राईटोलबाट धरान २० विष्णुपादुका जाने क्रममा बस्नेतलाई बाढी आएको खोलाले बगाएर बेपत्ता बनाएको थियो ।

घटना पश्चात तत्काल इलका प्रहरी कार्याल धरानबाट प्रहरी परिचालन गरी खोजी गर्दा आइतबार बिहान बस्नेतको शव धरान–११ मंगलवारे नजिकैको खोलामा फेला पारिएको डीएसपी ज्ञानेन्द्र बस्नतले जानकारी दिए ।

अन्दाजी ६० बर्षका बस्नेत २० बर्षदेखि धरानमा मागेर गुजारा गर्दै आएका थिए । उनको शव पोष्ट मार्टमका लागि बीपी कोइराला स्वास्थय विज्ञान प्रतिष्ठान धरानमा राखिएको छ ।
source:Annapurna Post

प्रतिकृया दिनुहोस्