Wednesday, September 30

एकैदिन सवा २ लाख संक्रमित, यी चार देशमा तीव्र रूपमा फैलिरहेको छ कोरोना महामारी

July 12, 2020 151

काठमाडाैँ, २३ असार । विश्वभर काेराेना भाइरस (कोभिड-१९) महामारी फैलने क्रम राेकिएकाे छैन, बरू झन् तीव्र हुँदै गएकाे छ । पछिल्लाे २४ घण्टामा (शनिबार) मात्र विश्वभर सवा २ लाख (२ लाख १४ हजार ७४१) मानिसमा काेराेना संक्रमण पुष्टि भएकाे छ ।

विभिन्न तथ्यांक निकाल्ने संस्था वर्ल्डाेमिटर्सका अनुसार विश्वभर हाल काेराेना संक्रमित मानिसकाे कुल संख्या १ कराेड २८ लाख ४१ हजार पार गरेकाे छ । यीमध्ये हालसम्म ५ लाख ६७ हजार ६२७ जनाले ज्यान गुमाइसकेका छन् भने ७४ लाख ७८ हजार १३२ जना संक्रमणमुक्त भएर निकाे भइसकेका छन् । बाँकी ४७ लाखभन्दा बढी मानिसमा अझै काेराेना सक्रिय रहेकाे तथ्यांकले देखाउँछ ।
source:News24 Nepal

प्रतिकृया दिनुहोस्